Thursday, October 1, 2026
Homeफिचरसुन्दरहरैँचा रनको दोस्रो शृङ्खलामा दौडसँगै सरसफाइ

सुन्दरहरैँचा रनको दोस्रो शृङ्खलामा दौडसँगै सरसफाइ

विराटचोकः गत असार १५ गते पहिलो पटक आयोजित सुन्दरहरैंचा रन हरेक महिनाको १५ गते गर्ने कार्यतालिका थियो । तर साउन र भदौ १५ गते हुन नसकेको सो दौड आज असोज १५ गते भएको छ ।

सुनसरी र सिरहामा साउन १० गते भएको हिंसात्मक घटनापछि प्रशासनले भेला हुन निषेध गरेपछि साउन १५ गते हुने कार्यक्रम स्थगित भएको थियो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ जिल्लामा धेरै धनजनको क्षति भएसँगै भदौ १५ गतेको कार्यक्रम स्थगित गरिएको थियो ।

आज असोज १५ गते विराटचोकमा भेला भएका उद्योगी, व्यवसायी तथा नगरवासीले खोर्साने, बाघझोडा, त्रिवेणीचोक हुँदै औद्योगिक प्रदर्शनीस्थलसम्म हिँडेर सुन्दरहरैंचा रनको दौड पूरा गरेका थिए ।

औद्योगिक प्रदर्शनी स्थलको सरसफाइमा पनि दौडमा सहभागीहरु भएका थिए ।

औद्योगिक स्थलमा असोज २५ गतेदेखि कार्तिक १० गतेसम्म सुन्दरहरैँचा फुड फेस्टिभल आयोजना हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments