Tuesday, March 3, 2026
Homeसमाचारआज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्ने, उदाउँदा नै ग्रहण देखिनु दुर्लभ खगोलीय घटनाः...

आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्ने, उदाउँदा नै ग्रहण देखिनु दुर्लभ खगोलीय घटनाः खगोलविद्

काठमाडौंः उदाउँदा नै ग्रहण देखिने गरी आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।

वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्रग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिने उनले जानकारी दिए ।

उनका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिन्छ । काठमाडौँमा चन्द्रमा ग्रहणसहित साँझ ६ः०४ बजे उदाउनेछ र करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।

खगोलविद्हरूले चन्द्र ग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता नपर्ने बताएका छन् । सूर्य ग्रहणभन्दा फरक, चन्द्र ग्रहणले आँखामा प्रत्यक्ष असर नपार्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments