Tuesday, March 3, 2026
Homeसमाचारकोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली, बाँकी...

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा

विराटचोकः नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।

बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लाग्ने तथा कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments