विराटचोकः सरकारले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ ।
रौतहटमा दुई समुदायबीच भएको विवादले उत्पन्न अवस्थाबारे छलफल गर्न शनिबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।
सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकले रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
रौतहटमा अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यू लगाएको छ । दुई समूहबीचको लफडाका कारण बिहीबार रातिदेखि नै रौतहट तनावग्रस्त बनेको थियो ।
घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए ।







