इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित हटिया बजार क्षेत्रमा शनिबार बृहत् सरसफाई अभियान सम्पन्न गरिएको छ ।
इटहरीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध भएका आसेज र आसेज स्टार मिलेर ईटहरी हटियाको बजार क्षेत्रमा सरसफाई गरेका छन् । आसेज को अर्थ सेभ द अर्थ फ्रम ए टु जे भन्ने हुन्छ । आसेज परमेश्वरको मण्डलीका विश्व विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको स्वयंसेवक समूह हो ।
आसेज स्टार माध्यमिक तथा उच्च माविमा पढिरहेका विद्यार्थीहरुको स्वयंसेवक समूह हो । हाल १७५ देशहरूमा सक्रिय रूपमा स्वयंसेवाको कार्य गर्दै आएको छ ।
सरसफाई अभियान कार्यक्रममा प्रमुख अतिथिको रुपमा इटहरी वडा नं ९ का अध्यक्ष जितेन्द्र थापा उपस्थित हुनुहुन्थ्यो । वडा नं ९ का वडा सदस्य कपिल घिमिरे, दक्षिणकाली टोल विकास अध्यक्ष बलबहादुर कटुवाल पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
वडाअध्यक्ष थापाले वडाको हाटबजार क्षेत्रलाई मध्यनजर गरेर सरसफाई गरेकोमा धन्यवाद दिनुभएको थियो ।
आसेज र आसेज स्टारहरुले देश र समाजको जग बनेर विभिन्न स्वयंसेवाका कार्यहरू गर्दै आएको छ । रक्तदान, वातावरण सरसफाई वृक्षरोपण वृद्धाश्रममा सहयोग लगायत कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।







