Saturday, February 21, 2026
Homeसमाचारआज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै

विराटचोकः आज विश्वभर अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदैछ । बङ्गलादेशमा सन् १९५२ को फेब्रुअरी २१ मा मातृभाषा अर्थात् बङ्गाली भाषा बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थीहरू मारिएका थिए । सोही दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले विशेष दिनका रूपमा स्वीकार गरेको थियो भने सन् २००० मा संयुक्त राष्ट्र सङ्घले पनि यो दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरे पश्चात् विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेश जसलाई पहिले पूर्वी पाकिस्तानको नामले चिनिने गथ्र्यो त्यहाँ आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ । भारत टुक्रिएर पाकिस्तान बनेको बेला नै पूर्वी पाकिस्तानको रूपमा बङ्गलादेशको जन्म भएको हो । सन् २००८ लाई अन्तरास्ट्रिय भाषा वर्षको रूपमा मनाइएको थियो ।

अहिलेको समयमा मातृ भाषाहरू हराउँदै गएका छन् । मातृभाषाहरू हराउँदै जानुको एक प्रमुख कारण भने कामको लागी विदेशी भाषा सिक्नु पर्ने वा सिक्ने होड नै हो । संयुक्त राष्ट्र सङ्घले २०२२ देखि २०३२ को अवधिलाई ‘आदिवासी भाषाहरूको अन्तरराष्ट्रिय दशक’ को रूपमा नाम दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments