विराटचोकः निर्वाचन प्रचारमा उम्मेदवारले सनरूफ (छतबाट टाउको निकाल्न मिल्ने गाडी) प्रयोग गर्न नपाउने भएका छन् ।
बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, जिल्ला सुरक्षा समितिका प्रमुखहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
उम्मेद्वारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सनरूफ गाडी प्रयोग गर्न नदिइने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
चुनावी प्रचारका क्रममा विभिन्न दलका उम्मेद्वारले यस्ता गाडी प्रयोग गर्दै आएका थिए ।







