Tuesday, December 24, 2024
Homeफिचरनोबेलले गर्याे इटहरीमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर

नोबेलले गर्याे इटहरीमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर

इटहरीः विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले शनिबार इटहरी उपमहानगरपालिका वडा नं. ५ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल विकास संस्था, इटहरी ५ को संयुक्त आयोजनामा सञ्चालित सो शिविरमा ३३२ जना बिरामीहरुको परीक्षण र उपचार गरिएको नोबेलका जनसम्पर्क अधिकारी नवीन दाहालले बताए ।

नोबेलको मुटुरोग विभागका प्रमुख प्रा. डा. राजेश नेपाल, मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल र अन्य मुटुरोग विशेषज्ञ चिकित्सक सहित ८ जना चिकित्सकको स्वास्थ्य टोलीले बिरामीहरुको परीक्षण, इकोकार्डियोग्राम, इसीजी र परामर्श सेवा प्रदान गरेको थियो । शिविरमा ३३२ जना विरामीको निःशुल्क इकोकार्डियाग्राम र २२५ जनाको ईसीजी गरिएको अस्पतालले जनाएको छ ।

शिविर उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नंं ५ का वडा अध्यक्ष, तुलसा टोल विकास संस्थाका पदाधिकारीहरु र अधिकारी मेडिकोका सञ्चालकको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments