Wednesday, February 18, 2026
Homeखेलकुद१२ वर्षपछि विश्वकपमा जीत हासिल गर्दा अर्धशतक, छक्का, साझेदारी र विकेटमा बने...

१२ वर्षपछि विश्वकपमा जीत हासिल गर्दा अर्धशतक, छक्का, साझेदारी र विकेटमा बने यी कीर्तिमान

विराटचोकः हिजो आइसिसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि सान्त्वना जीत निकाल्दा नेपालका खेलाडीका नाममा केही कीर्तिमान बनेका छन् ।

अर्धशतकः स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य पूरा गर्ने क्रममा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले नटआउट ५० रन जोडे । उनी नेपालका लागि विश्वकपमा सर्वाधिक (दुई) अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यस्तै उनी लगातार दुई अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने । यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए । त्यो अर्धशतक नेपालको विश्वकपमा १२ वर्षपछि (सुवास खकुरेल–२०१४ अफगानिस्तानविरूद्ध) को अर्धशतक थियो ।

छक्काः ऐरी विश्वकपमा नेपालका लागि धेरै छक्का प्रहार गर्ने खेलाडी समेत भए । हिजै कुशल भुर्तेलले विश्वकपमा आफ्नो छक्काको संख्या ६ पु¥याए पनि ऐरीले भने छक्काको संख्या ७ पु¥र्याएका छन् ।

साझेदारीः स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य पूरा गर्दा नेपालले पहिलो विकेटको साझेदारी ७२ रन रह्यो । भुर्तेल र आसिफको साझेदारी विश्वकपमा नेपालको सबैभन्दा ठूलो हो । उनीहरुले स्कटल्यान्डसँग पहिलो विकेटका लागि ९.१ ओभरमा ७२ रनको साझेदारी गरे । उनीहरुबीच नै यसअघि इंग्ल्यान्डविरूद्ध ३७ रनको साझेदारी थियो ।

विकेटः त्यसअघि सोमपाल कामीले ३ विकेट लिँदै नेपालका लागि विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने । उनले विश्वकपमा आफ्नो विकेट संख्या १० पुर्याएका छन् । दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरीले विश्वकपमा ८ विकेट लिएका छन् ।

एकै इनिङ्समा सर्वाधिक छक्काः नेपालका लागि एकै इनिङ्समा विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान कुशल भुर्तेलको नाममा रह्यो । हिजो उनले ४ छक्का प्रहार गरे । यसअघि एकै इनिङ्ग्समा सर्वाधिक छक्काको कीर्तिमान दीपेन्द्रसिंह ऐरीको नाममा थियो । उनले वेस्ट इन्डिजविरूद्ध ३ छक्का प्रहार गरेका थिए ।

१२ वर्षपछि विश्वकपमा नेपालको जीत दर्ता

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments