Wednesday, February 18, 2026
Homeराजनीतिमोरङ १ मा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागोको घरदैलो अभियान, सुशासन र...

मोरङ १ मा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागोको घरदैलो अभियान, सुशासन र पूर्वाधार विकासमा प्रतिबद्धता

लेटाङः मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागोले सोमबार लेटाङ नगरपालिकाको वडा–८ तथा लेटाङ बजार क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गरिएको अभियानमा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उहाँले विकास, सुशासन र जनभावनाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, क्षेत्रीय सभापति शङ्कर राई तथा नगर सभापति दीपकचन्द्र राई लगायत महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

घरदैलोका क्रममा स्थानीयवासीले सडकको स्तरोन्नति, भौतिक पूर्वाधार विकास, पारदर्शी प्रशासन तथा जीतपछि जनताको भावना अनुरूप काम गर्नुपर्ने सुझाव दिएका थिए । प्रत्युत्तरमा उम्मेद्वार फागोले आफू सधैँ जनताको साथमा रहने र क्षेत्रको दीर्घकालीन विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments