विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ हजार १०० रुपैयाँ बढेको हो । चाँदीको भाउ तोलामा २४० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो ।







