Monday, February 9, 2026
Homeकला र साहित्यस्वर सङ्गम सङ्गीतालयको ७३ औँ शृङ्खला सम्पन्न

स्वर सङ्गम सङ्गीतालयको ७३ औँ शृङ्खला सम्पन्न

विराटनगरः शास्त्रीय तथा सुगम सङ्गीत शृङ्खला नाम दिइएको स्वर सङ्गम सङ्गीतालय विराटनगरको ७३ औँ शृङ्खला सङ्गीतालयको आफ्नै सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले स्वर सङ्गम सङ्गीतालयले उत्पादनशीलतामा जोड दिएकामा खुशी व्यक्त गर्दै यसको निरन्तरताको कामना गर्नुभयो ।

रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेले स्वर सङ्गम सङ्गीतालयका बारेमा जानकार रहे पनि लामो समयपछि कार्यक्रममा सहभागी हुन सकेकामा खुशी व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष गुरु कुशेश्वर राईले निकै मिहिनेतले संस्था स्थापना भएको बताउँदै यसको विकासमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

२०५१ सालमा स्थापना भएको सो संस्थाले नियमित रूपमा गतिविधि गर्दै आएको छ । संस्थाले हरेक महिनाको पहिलो शनिबार बहुभाषिक लोकसङ्गीत, तेस्रो शनिबार शास्त्रीय र अन्तिम शनिबार आधुनिक गीतसङ्गीतका प्रस्तुति प्रस्तुत गर्ने गरेको संस्थाका सचिव महिमा शर्माले बताउनुभयो ।

कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्ले, मैथिली ब्राह्मण समाजका अध्यक्ष मनोज मिश्रा, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सदस्य शिवनारायण सिङ्गल, विराट मैथिल कला परिषद्का कोषाध्यक्ष महेश यादव, मैथिली कवि कर्ण सञ्जयलगायतका स्रष्टा÷कलाकारको उपस्थिति रहेको थियो । कार्यक्रममा सङ्गीतका विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा सौम्य पोखरेल, आकृति राई, बैजनाथ यादव, अतिषा भट्टराई, सूर्य धिमाल, सरला पोखरेल, ज्योति राजवंशी, आरजु बोहोरा, सन्देश प्रजा, ओजस्वी गुरागाईं, माही अटललगायतका कलाकारको प्रस्तुति रहेको थियो । सुमन पोखरेलको रचना रहेको गीतलाई श्यामकृष्ण बास्कोटा र अर्चना बास्कोटाले गाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments