Saturday, February 7, 2026
Homeखेलकुदयी हुन् टी–२० विश्वकप २०२६ खेल्ने नेपाली टोलीका १५ खेलाडी, ५ खेलाडी...

यी हुन् टी–२० विश्वकप २०२६ खेल्ने नेपाली टोलीका १५ खेलाडी, ५ खेलाडी पहिलो पटक विश्वकप खेल्दै

विराटचोकः दशौं संस्करणको आइसिसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकमा हिजो शुरु भएको छ ।

यो प्रतियोगितामा नेपाल तेस्रो पटक सहभागी भएको छ । समूह ‘सी’ मा रहेको नेपालले विश्वविजेताद्वय इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालले समूहका आफ्ना चारै खेल मुम्बईस्थित वाङखेडे रंगशालामा खेल्नेछ ।

५ जना खेलाडी पहिलो पटक खेल्दै
विश्वकप खेल्ने नेपालको १५ सदस्यीय टोलीमा शेर मल्लसहित ५ जना खेलाडी डेब्यु गर्न बाँकी खेलाडी हुन् । सोमपाल कामीले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछन् भने ९ खेलाडीले दोस्रो पटक विश्वकप खेल्न लागेका छन् । आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बम पहिलो पटक विश्वकपमा सहभागी हुँदै गरेका खेलाडी हुन् ।

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललित राजवंशी,करण केसी,सन्दीप जोरा र सन्दीप लामिछाने भने लगातार दोस्रोपटक विश्वकप खेल्ने खेलाडी हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments