केराबारीः मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार घनश्याम खतिवडाले आज केराबारी गाउँपालिकाको वडा नम्बर ६ र ७ का बासिन्दासँग भेटघाट गर्नुभएको छ ।
सो भेटको क्रममा केराबारी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने डाँगी, मुगु, डाले लगायतका गाउँका स्थानीयवासीले खतिवडाको खुलेर तारिफ गरेका थिए । खतिवडाको पहलमा खदम खोलामा पक्की पुल बनेको भन्दै ती स्थानीयले सो पुल हेरेर पनि केराबारीवासीले खतिवडालाई जिताउनुपर्ने बताए ।
राष्ट्रियता, विकास र समृद्धिका लागि घनश्याम खतिवडाले पुर्याएको योगदान, संसदमा ऐन निर्माणमा खेलेको भूमिका र आफ्नो निर्वाचन क्षेत्रको आवाज बारम्बार संसदमा उठाएकाले पुनः जिताएर प्रतिनिधिसभामा पठाउने प्रतिबद्धता स्थानीयले गरेका थिए ।
घनश्याम खतिवडाले पहिलो पटक संसदमा चुरे फेदी सडकका लागि आवाज उठाएपछि मदन भण्डारी राष्ट्रिय राजमार्ग निर्माणको आधार तयार भएको स्थानीय बताउँछन् ।







