Wednesday, August 26, 2026
Homeअर्थविद्युतीय१९ अर्बमा ११० मेगावाटको दूधकोशी पाँचौं निर्माण हुने

१९ अर्बमा ११० मेगावाटको दूधकोशी पाँचौं निर्माण हुने

काठमाडौंः सोलुखुम्बु जिल्लाको दूधकोशी नदीमा ११० मेगावाटको दूधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ६ र ७ मा आयोजनास्थल रहने गरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दूधकोशी गाउँपालिका–४ काँकुखोला र दूधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहने जनाइएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रशारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुने बताइएको छ । निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्ने भएका छन् ।

विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ । इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ । आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको थियो ।

आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहेको छ । आयोजनाको संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट दुई हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो, जामुन आदि प्रजातिका रुख काट्नुपर्ने भएको छ ।

आयोजनाबाट उत्पादित बिजुली नयाँ खिम्ती सबस्टशेन देवीटार दोलखामा जोडिने आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँबराबर रहनेछ । प्रवद्र्धक कम्पनीका अनुसार प्रतिमेगावाट लागत २० करोड रुपैयाँबराबर रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments