Sunday, February 1, 2026
Homeअर्थ३ रुपैयाँ बढ्यो डिजल र मट्टीतेलको मूल्य

३ रुपैयाँ बढ्यो डिजल र मट्टीतेलको मूल्य

विराटचोकः आजदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्यमा भने हेरफेर गरिएको छैन ।

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ ।

अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

भारतीय आयल कर्पाेरेशनबाट प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आएपछि त्यसैको आधारमा नेपालमा मूल्य समायोजन हुने गर्दछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments