Sunday, February 1, 2026
Homeशिक्षा र स्वास्थ्यगोल्याण ग्रुपको शैक्षिकवृत्ति प्राप्त तीन बालबालिकाको अक्षरारम्भ

गोल्याण ग्रुपको शैक्षिकवृत्ति प्राप्त तीन बालबालिकाको अक्षरारम्भ

काठमाडौंः जेनजी आन्दोलनका सहिदका सन्तानको लागि गोल्याण ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत तीन जना बालबालिकाले अक्षरारम्भ शुरु गरेका छन् ।

सरस्वती पूजाको अवसरमा काठमाडौं, पोखरा र सिराहा (लहान) का ती शिशुले अध्ययन शुरु गरेका हुन् । गोल्याण ग्रुपले असोज २४ मा सहिदका बालबालिकाको लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा गरेको थियो । उक्त योजनामा ३४ जना बालबालिका आबद्ध छन् । तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन जनाले अक्षरारम्भ गरेका हुन् ।

काठमाडौंको बानियाटारस्थित काठमाडौं युरो स्कुलमा नेलसन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकेडेमीमा एनिक गुरुङ र सिराहाको लहानस्थित स्कुल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका हुन् । उनीहरू २ वर्षका छन् ।

काठमाडौं युरो स्कुलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले बालबालिकाका अभिभावकले देशका लागि दिएको बलिदानीको सम्मान गर्न सामाजिक जिम्मेवारी ग्रहण गरेको बताउनुभयो । गोल्याणले पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रुपैयाँको चेक विद्यालयलाई प्रदान गर्नुभएको छ ।

शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजारको दरले अधिकतम वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च व्यहोर्ने गरी सहिद परिवार, सम्बन्धित विद्यालय र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments