विराटचोकः आज लगातार पाँचौँ दिन सुनको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला ४३० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख १८ हजार ८०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको थियो ।







