काठमाडौंः आज भएको विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ ।
आज बिहान पुणेको बारामतीमा उनी सवार विमान दुर्घटना हुँदा उनको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ ।
पवार सवार विमान ल्यान्डिङको प्रयास गर्दा गर्दै दुर्घटना भएको र उनलाई मृत घोषणा गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्रीका साथै चार सुरक्षाकर्मी र पाइलटसमेत गरी ६ जना सवार भएको बताइएको छ ।
अजित पवार महाराष्ट्रका एक चर्चित राजनीतिज्ञ थिए, जसले राज्यको योजना र विकासमा लामो समय योगदान दिएका थिए ।
६६ वर्षीय अजित पवार जिल्ला परिषद् निर्वाचनको तयारीका क्रममा बारामतीमा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।







