बेलबारीः मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनले चुनाव प्रचारका क्रममा १० लाख रुपैयाँ बाँडेको आरोप लागेको छ ।
सोही क्षेत्रका राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेद्वार भुवनकुमार वाग्लेले उजुरी दिएका हुन् । वाग्लेले दिएको उजुरीमा शर्माले चुनाव प्रचारकै दौरानमा यम बुद्ध फाउण्डेसनलाई १० लाख रुपैयाँ दिएको खबर सार्वजनिक भएको हुँदा चुनावमा प्रभावित गर्ने यस्ता गतिविधि तत्काल रोकी कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।
निर्वाचन क्षेत्रका नागरिकलाई ५० प्रतिशत निःशुल्क उपचारका नाममा प्रभावित पार्न खोजेको समेत आरोप उजुरीमा लगाइएको छ ।







