Tuesday, January 27, 2026
Homeराजनीतिचुनावी अनुगमनमा लागि निर्वाचन आयोगले अनुगमन गर्ने १० शर्त

चुनावी अनुगमनमा लागि निर्वाचन आयोगले अनुगमन गर्ने १० शर्त

विराटचोकः निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका अनुगमन गर्ने भएको छ । त्यसका लागि आयोगले निम्नलिखित १० वटा कार्यशर्तको अधीनमा रहेर अनुगमन गर्ने भएको छ ।

(क) निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २६ बमोजिम राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्ति वा अन्य कुनै व्यक्तिले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गरे नगरेको यकिन विवरण तयार गर्ने,

(ख) निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २७ को व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल, उम्मेद्वार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका लागि प्रचलित निर्वाचन कानुनविपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिए नलिएकोबारे आवश्यक सूचना सङ्कलन गर्ने,

(ग) निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २९ को व्यवस्थाबमोजिम राजनीतिक दल वा उम्मेद्वारले निर्वाचन प्रचारप्रसारमा आयोगले तोकेको हदभित्र रही खर्च गरे नगरेको बारे आवश्यक सूचना सङ्कलन गर्ने,

(घ) निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को व्यवस्थाबमोजिम राजनीतिक दल वा उम्मेद्वारले निर्वाचन प्रचारप्रसार अभियानमा निषेधित कार्यको लागि आर्थिक सहयोग लिए÷नलिएको सूचना सङ्कलन गर्ने,

(ङ) निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को खण्ड (भ) बमोजिम उम्मेद्वारले निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि गरेको खर्चको बेला–बेलामा जाँचबुझ गरी यकिन विवरण तयार गर्ने,

(च) निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को उपदफा (१) को खण्ड (ड) बमोजिम राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गरे÷नगरेको यकिन विवरण तयार गर्ने,

(छ) निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जिल्लाभित्रका उम्मेद्वारले निर्वाचन खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गरे÷नगरेको यकिन विवरण तयार गर्ने,

(ज) निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को उपदफा (१) को खण्ड (ग) बमोजिम उम्मेद्वारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोके–नतोकेको यकिन विवरण तयार गर्ने,

(झ) माथि खण्ड (क) देखि (ज) सम्मका विषयमा तत्काल कारबाही गर्नुपर्ने भए जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजकको समन्वयमा आवश्यक कारवाही गर्ने,

(ञ) राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन खर्च विवरणको यथार्थता, आर्थिक सहयोग सङ्कलन कानुनसम्मत रहे–नरहेको विवरण र निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा गरेका कामकारबाहीको जिल्लागत पाक्षिक प्रतिवेदन जिल्ला आचारसंहिता अनुगमन समिति र केन्द्रीय आचारसंहिता अनुगमन समितिसमक्ष पेश गर्ने ।

निर्वाचन आयोगले चुनावी खर्च अनुगमन गर्न तोक्यो अनुगमन अधिकृत

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments