Tuesday, January 27, 2026
Homeशिक्षा र स्वास्थ्यलेटाङमा ‘छात्रासँग उपमेयर कार्यक्रम २०८२’ शुरु

लेटाङमा ‘छात्रासँग उपमेयर कार्यक्रम २०८२’ शुरु

लेटाङः विगत ५ वर्षदेखि निरन्तर सञ्चालित ‘छात्रासँग उपमेयर’ कार्यक्रमलाई मोरङको लेटाङ नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ ।

लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयबाट यस वर्षको कार्यक्रमको औपचारिक माघ ११ गते शुभारम्भ गरिएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी विद्यालयस्तरीय रूपमा सञ्चालन गरिएको यो कार्यक्रम माघ २५ गतेसम्म सञ्चालन हुने शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ ।

यो कार्यक्रमले छात्राहरूको क्षमता अभिवृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि प्रभावकारी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रम अन्तर्गत छात्राहरूको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै “छात्रासँग मनका कुरा”, किशोरी स्वास्थ्य, कानुनी चेतना, नागरिक अधिकार, मानसिक स्वास्थ्य, मनोपरामर्श, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास तथा जीवन सीप विकाससम्बन्धी विभिन्न प्रशिक्षण र अन्तरक्रियात्मक गतिविधिहरू गरिने भएको छ ।

किशोरीहरूलाई आत्मनिर्भर, सचेत र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख भुपेन्द्रकुमार लावतीले गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भूम सूर्य मगर, शिक्षा अधिकृत कृष्णराज राई, शिक्षा विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्र, प्रशिकक्षकहरु उमेश शिवाकोटी, मोनिका खड्का तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments