Tuesday, January 27, 2026
Homeराजनीतिचुनावमा केन्द्रित हुन अनुरोध गर्दै सबै जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई कांग्रेसले...

चुनावमा केन्द्रित हुन अनुरोध गर्दै सबै जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई कांग्रेसले पठायो पत्र

काठमाडौंः निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाको साथ खोज्दै नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनावमा केन्द्रित हुन सबै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गरेर परिपत्र गरेको छ ।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरुलाई पनि विधि विधानले पाएको विषय भन्दै जीतहारको कुरा नगरी चुनावमा केन्द्रित हुन निर्देशन दिइएको छ ।

अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास परिपत्रमा गरिएको छ ।

‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरुबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहजरुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएको छ,’ परिपत्रमा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments