Monday, January 26, 2026
Homeफिचरलगातार तेस्रो दिन उच्च मूल्यको रेकर्ड, सुनचाँदीको भाउ ३ लाख रुपैयाँभन्दा माथि...

लगातार तेस्रो दिन उच्च मूल्यको रेकर्ड, सुनचाँदीको भाउ ३ लाख रुपैयाँभन्दा माथि अडिँदै

विराटचोकः आज तेस्रो दिन सुनचाँदीको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । योसँगै लगातार तीन दिन सुनको भाउ ३ लाख रुपैयाँभन्दा माथि कारोबार भएको हो । आज सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २८५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ६ हजार ७६५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २९० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments