Monday, January 26, 2026
Homeखेलकुदस्कटल्यान्डले दियो नेपाललाई १४१ रनको लक्ष्य

स्कटल्यान्डले दियो नेपाललाई १४१ रनको लक्ष्य

विराटचोकः आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

जीतका लागि नेपालले बलियो लक्ष्य पाएको हो । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९–६ को अवस्थामा पुर्याएको भए पनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्याे । नेपालले बलिङमा शानदार सुरुवात गरेको भए पनि फिनिसिङ राम्रो भएन ।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १–१ विकेट लिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments