भद्रपुरः कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा नवोदित कानुन व्यवसायीहरुको लागि मस्यौदा लेखन तालिम झापाको भद्रपुरमा सम्पन्न भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यता तथा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा झापा बारका सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतको आथित्यतामा तालिम सम्पन्न भएको हो ।
तालिम एक दिन सञ्चालन भएको थियो । तालिममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेल र अधिवक्ता वसन्त जोशीले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिम कार्यक्रममा २० जना भन्दा वढी नवोदित कानुन व्यावसायीहरुको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणि सापकोटाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कानुनी ज्ञान केन्द्रका सचिव अधिवक्ता नरेश खातीले गर्नुभएको थियो ।







