विराटचाेकः नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो ।
आज चाँदीकाे भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो ।







