गछियाः भाेजपुरकाे आमचोक गाउँपालिकाले दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताका उपाधी उचालेको छ ।
आयोजक सुन्दरहरैँचा नगरपालिका उपविजेता बनेको छ । माघ ६ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १२ वटा पालिकाका टिम सहभागी थिए । विजेता तथा उपविजेता टिमलाई नगरप्रमुख केदारप्रसाद गुरागाईं, कार्यक्रमका अध्यक्ष उपप्रमुख अकली चौधरी, खेलकुद विकास समिति सदस्य–सचिव खड्ग श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड र मेडल सहित १ लाख ३३ हजार ३३३ रुपैयाँ र द्वितीय हुने टिमले ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
गत वर्ष आयोजक सुन्दरहरैंचा नगरपालिका विजेता बनेको थियो भने लेटाङ नगरपालिका उपविजेता बनेको थियो।







