दिक्तेलः खाेटाङमा निर्वाचन प्रहरीका लागि माग गरिएभन्दा कम आवेदन परेको छ ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार २८२ जना निर्वाचन प्रहरी भर्नाका लागि आह्वान गरिएको थियो । तर फाराम भर्नेको संख्या जम्मा १ हजार १७३ जनाको मात्रै भयो ।
दरखास्त दिनका लागि पुस २५ देखि माघ १ गतेसम्मका लागि समय तोकिएको भए पनि मागेजति आवेदन नपरेपछि माघ ३ सम्म लम्ब्याइएको थियो । तैपनि मागेजतिकाे आवेदन परेकाे थिएन ।







