Friday, January 23, 2026
Homeकला र साहित्यखोटाङको दिक्तेल निवासी गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु...

खोटाङको दिक्तेल निवासी गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

विराटचोकः गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

ओमप्रकाश राईले संगीतबद्ध गरेको गीतमा पेमा शेर्पा राईले आवाज भर्नुभएको छ । गीतलाई सन्तोष प्रगाढ राईले एरेन्ज गर्नुभएको छ । गीतको सम्पादन वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गर्नुभएको छ ।

गीतले छोडी जाने व्यक्तिलाई सधैं हाँसोखुसी रहनू भन्दै शुभेच्छा प्रकट गरेको छ ।

रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुनुहुन्छ ।

यसअघि २०७५ मा शिला खनालको आवाजमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलेको उहाँको गीत रेकर्ड भएको थियो । त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीको आवाजमा ‘सञ्चो छौ कि बिसञ्चो’ बोलका गीत रेकर्ड भएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई पत्रकारिता तथा साहित्यमा सक्रिय हुनुहुन्छ । ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) उहाँका प्रकाशित दुई बालकथासङ्ग्रह हुन् ।

‘लघुकथा सौन्दर्य’ फेसबुक पेजमार्फत लघुकथा विधाको उन्नयनमा सक्रिय राईका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामुहिक लघुकथासंग्रह प्रकाशित छन् । हालै राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा ‘बलेँसी’ सामुहिक लघुकथासङ्ग्रह बजारमा आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments