Thursday, October 15, 2026
Homeअर्थतीनजुरे सहकारीको २० औँ वार्षिक साधारणसभा सम्पन्न

तीनजुरे सहकारीको २० औँ वार्षिक साधारणसभा सम्पन्न

विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा रहेको तीनजुरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको साधारणसभामा संस्थाका अध्यक्ष दीपक गौतमले सहकारीको उद्देश्य, गतिविधि र भावी योजनाबारे जानकारी दिनुभएको थियो । तेह्रथुमबाट बसाइँ सरेर सुन्दरहरैंचा र बेलबारी क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिबीच भेटघाट, चिनजान र भाइचाराको सम्बन्ध विस्तार गर्न सहकारीले भूमिका खेलेको उहाँको भनाइ थियो ।

साधारणसभामा संस्थाको सञ्चालक समितिका सचिव परशुराम खतिवडाले सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८२\८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३\८४ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments