विराटचोकः आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा क्रमशः १५५ रुपैयाँ र १३५ रुपैयाँ निर्धारण गरिएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज लगायतका स्थानहरुमा १५३ रुपैयाँ ५० पैसा र १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य आएपछि निगमले मूल्य समायोजन गरेको हो ।







