Friday, January 16, 2026
Homeअर्थसवारीलेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान शुरु

लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान शुरु

लेटाङः इलाका प्रहरी कार्यालय लेटाङले सडक अनुशासन र सवारी सुरक्षा अभियान शुरु गरेको छ । सडक अनुशासन कायम गरि नगर क्षेत्रमा हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय लेटाङ १० दिने सडक अनुशासन र सवारी सुरक्षा अभियान शुरु गरेको हो ।

लेटाङ नगरपालिकाको मुख्य बजार क्षेत्र प्रवेश गर्ने लेटाङ कानेपोखरी सडकको गंगेचोक क्षेत्रमा व्यारिगेट राखेर अभियान शुरु गरिएको हो । लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले व्यारिगेटमा रिफ्लेक्सन स्टीकर टाँसेर अभियानको शुरुवात गर्नुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, लेटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खड्ग श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका अगुवाहरू, यातायात व्यवसायी, यात्रु तथा सवारी चालकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बढ्दो सवारी चापलाई व्यवस्थित गरी सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बजार प्रवेश मार्गमा ब्यारियर गेट राखी रिफ्लेक्टिभ स्टिकर (टाढैबाट टल्किने स्टिकर) टाँसेर अभियान सुरु गरिएको हो । सो अवसरमा सवारी साधनहरूमा समेत रिफ्लेक्टिभ स्टिकर (टाढैबाट टल्किने स्टिकर) टाँसिएको छ । विशेषगरी रातीको समयमा हुन सक्ने दुर्घटना कम गर्न स्टिकरले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

अभियानअन्तर्गत ब्यारियर गेट राख्ने, रिफ्लेक्टर स्टिकर टाँस्ने, जेब्रा क्रशिङ बनाउने, सचेतनामूलक पर्चा वितरण गर्ने, ट्राफिक चिह्नसहितको सचेतनामूलक होर्डिङ बोर्ड राख्ने, सचेतनामूलक जिङ्गल प्रशारण गर्ने, चालक तथा सहचालकलाई सचेतना जगाउने लगायतका कार्यक्रम गरिने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments