Thursday, January 15, 2026
Homeअर्थमाघ महिनाका लागि पनि घटाए वाणिज्य बैंकहरुले ब्याजदर

माघ महिनाका लागि पनि घटाए वाणिज्य बैंकहरुले ब्याजदर

विराटचोकः हरेक महिना ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरुले माघ महिनाका लागि पनि ब्याजदर घटाएका छन् ।

बैंकहरुसँग तरलता बढी भइरहेका कारण हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसतमा ४.६८४५ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । यो पुस महिनाको तुलनामा ०.१४९५ प्रतिशतविन्दु कम हो ।

व्यक्तिगत मुद्दति निक्षेपमा २० वाणिज्य बैंकमध्ये ११ बैंकहरुले ब्याजदर घटाएसँगै औसत ब्याजदर घटेको हो । माघ महिनाका लागि यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । यी दुबै बैंकले ०.५ प्रतिशतबिन्दुका दरले ब्याजदर घटाएका छन् ।

प्राइम कमर्सियल बैंकले भने मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएको छ । पुस महिनामा सबैभन्दा कम अधिकतम ब्याजदर (४.२५ प्रतिशत) रहेको प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि भने बढाएर ४.४ प्रतिशत पुर्याएको छ । बैंकले ०.१५ प्रतिशतविन्दुका दरले ब्याजदर बढाएको हो ।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि घटेको छ । बैंकहरुको यस्तो ब्याजदर औसतमा ०.०६२५ प्रतिशतविन्दु घटेको हो । माघ महिनाका लागि ४ बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । बाँकी १६ बैंकहरुले पुस महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments