काठमाडौंः पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पुस ३० गते सर्वसम्मत रुपमा गगन थापालाई पार्टी सभापति चयन गरेको छ ।
पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षसंगको विवादका बीच विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको हो । केन्द्रीय कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
त्यस्तै, सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदयशम्शेर जबरा, मधेसीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।
केन्द्रीय सदस्यतर्फ खुलामा ३५ जना चयन भएका छन् । गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्रकुमार के.सी., अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तीर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
महिला खुलातर्फ चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिलकुमारी राई चयन भएका छन् ।
कोशी प्रदेशबाट महिला सदस्यमा शारदादेवी कोईराला र खुलामा हिमालय कर्माचार्य तथा अग्नि पौडेल चयन भएका छन् ।
मधेस प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन् ।
बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जीतनारायण श्रेष्ठ र रमेश धमला चयन भएका छन् । गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णुदेवी पाण्डे तथा खुलामा रेशम बानिया र कृष्ण के.सी. चयन भएका छन् ।
लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्राकुमारी अर्याल तथा खुलामा केशव आचार्य र रामबहादुर कार्की चयन भएका छन् । कर्णाली प्रदेशबाट महिला सदस्यमा रामदेवी खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट चयन भएका छन् ।
अपाङ्गता भएका खुलातर्फ प्रकाश पन्थ र अल्पसङ्ख्यकतर्फ शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य चयन भएका छन् ।
दलित महिला कोटाबाट सिता मिजार, छायाँ सुनार, गंगा सुनार र लीला नेपाली चयन भएका छन् । दलित खुलाबाट मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बि.क. र दिनेश सुनार चयन भएका छन् ।
आदिवासी जनजाति महिलातर्फ सपनाराज भण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुसुमदेवी थापामगर, लीलादेवी बोखिम लिम्बू, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन भएका छन् । आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दीपन श्रेष्ठ चयन भएका छन् ।
खसआर्य महिला कोटामा उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन् ।
खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल छन् ।
मधेसी महिला कोटाबाट अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र नीलम साह चयन भएका छन् । मधेसी खुलाबाट राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद छन् ।
मुस्लिम महिला कोटाबाट सनम बेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन् । थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य चयन भएका छन् ।
पिछडिएको क्षेत्र खुलातर्फ दीपकजंग शाह केन्द्रीय सदस्य चयन भएका छन् ।







