Wednesday, January 14, 2026
Homeराजनीतिराष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

काठमाडौंः कम्मरको अपरेशन गरेर उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको आज दिउँसो निधन भएको छ ।

सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । हाल ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्दै आएका बोहराले वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक जीवन सुरु गरेका थिए ।

भीमदत्त पन्त र वि.पी. कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका बोहराले पाँच वर्ष जेल जीवन बिताएका थिए । कञ्चनपुर कांग्रेसको संस्थापक नेता बोहोरा २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएका थिए ।

२०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक सल्लाहकार भएका बोहोरा २०७० सालमा संविधान सभा सदस्य भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments