Wednesday, January 14, 2026
Homeफिचरविशेष महाधिवेशन चलिरहँदा कांग्रेस केन्द्रीय समितिले महाधिवेशन पक्षधरलाई कारवाही गरेपछि फुट्यो कांग्रेस

विशेष महाधिवेशन चलिरहँदा कांग्रेस केन्द्रीय समितिले महाधिवेशन पक्षधरलाई कारवाही गरेपछि फुट्यो कांग्रेस

काठमाडौंः अन्ततः नेपाली कांग्रेस फुटेको छ । संस्थापन पक्षले महाधिवेशन पक्षधरको नेतृत्व परिवर्तन र रुपान्तरणको माग सम्बोधन गर्न तयार नभएपछि नेपाली कांग्रेस विभाजित भएको हो ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन पक्षधर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षको लागि कारबाही गरेको छ । यता विशेष महाधिवेशनले सभापति पदमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरे पनि देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको हो ।

कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेपछि गगन थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूंले विशेष महाधिवेशनको माग गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments