काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि आज उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा थापाको एकल उम्मेद्वारी परेको छ ।
आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा अन्य सबै पदका लागि पनि मनोनयन दर्ता भइसकेको छ । सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेद्वार मनोनयन दर्ताको समय सकिएको छ । दिउँसो १ बजे उम्मेद्वारको नाम सार्वजनिक गरिने भएको छ ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल नभएपछि उम्मेद्वारी दर्ता भएको हो ।







