Wednesday, January 14, 2026
Homeराजनीति१० हजार रुपैयाँ तिर्दा निर्वाचन आयोगले देशभरको मतदाता नामावली दिने, प्रदेशको मात्रै...

१० हजार रुपैयाँ तिर्दा निर्वाचन आयोगले देशभरको मतदाता नामावली दिने, प्रदेशको मात्रै लिन ५ हजार रुपैयाँ तिर्नुपर्ने

काठमाडौंः निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा १० हजार रुपैयाँ दिएर देशभरको मतदाता विवरण उपलब्ध गराउने भएको छ । प्रदेशको मात्रै लिनेलाइ ५ हजार र जिल्ला वा निर्वाचन क्षेत्रको मात्रै नामावली लिन ३ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा विवरण उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा अथवा हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ ।

निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेद्वारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्ने जनाएको छ । फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले र फोटोबाहेकको मतदाता नामावली जोसुकैले हेर्न सक्ने कुराको जानकारी मतदाता, दल र उम्मेद्वारलाई आयोगले दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments