Wednesday, January 14, 2026
Homeअर्थसुनचाँदीसुनको भाउले लगातार तेस्रो दिन र चाँदीको भाउले लगातार चौथो दिन बनाए...

सुनको भाउले लगातार तेस्रो दिन र चाँदीको भाउले लगातार चौथो दिन बनाए उच्च मूल्यको रेकर्ड

विराटचोकः यो हप्ता निरन्तर सुनचाँदीको भाउ बढिरहेको छ । सुनको भाउले आज लगातार तेस्रो दिन र चाँदीको भाउले लगातार चौथो दिन उच्च मूल्यको कीर्तिमानी बनाएका छन् ।

आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३१५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७८ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ६५५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १४५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments