Wednesday, January 14, 2026
Homeकला र साहित्यर्याप गायक यम बुद्धको नाममा अक्षयकोष स्थापना गर्न श्रद्धाञ्जली साङ्गीतिक कार्यक्रम हुने

र्याप गायक यम बुद्धको नाममा अक्षयकोष स्थापना गर्न श्रद्धाञ्जली साङ्गीतिक कार्यक्रम हुने

विराटचोकः विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज होस् भनेर र्याप गायक यमबुद्ध (स्व. अनिल अधिकारी)को नाममा मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरिने भएको छ ।

मङ्गलबार यमबुद्ध फाउन्डेशनले सुकुना बहुमुखी क्याम्पसका पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना हुन लागेको जानकारी दिएको हो । फाउण्डेसनका अनुसार यमबुुद्धको सपना पूरा गर्न अक्षयकोष स्थापना गर्न यमबुद्धको स्मृति दिवसको अवसर पारेर श्रद्धाञ्जली कार्यक्रमका साथमा साङ्गीतिक कार्यक्रम हुन लागेको हो ।

साङ्गीतिक कार्यक्रममा चर्चित र्याप गायक भिटेन (समीर घिसिङ), मिस्टर डी, टुकी (निरज मल्ल ठकुरी) तथा रोइला रोकाले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । १८ देखि ३५ वर्षबीचका सङ्गीत पारखी लक्षित साङ्गीतिक कार्यक्रममा ४ हजार स्रोता सहभागी हुने अनुमान आयोजकले गरेको छ ।

कार्यक्रम संयोजक योगेश दाहालका अनुसार लागूऔषध विरुद्ध सचेतना फैलाउने उद्देश्यसमेत बोकेको कार्यक्रमस्थलभित्र धूमपान, मद्यपान तथा अनुशासनविपरीतका सबै गतिविधि पूर्ण रूपमा निषेध गरिनेछ ।

यम बुद्धका बुबा अम्बिकाप्रसाद अधिकारीले कार्यक्रमको उद्देश्य पवित्र रहेको उल्लेख गर्दै सभ्य र अनुशासित ढंगले कार्यक्रम सफल हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा समाजसेवी सुरेन्द्रबहादुर थापा, सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहाल, सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाललगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments