Wednesday, January 14, 2026
Homeस्थानीयलेटाङमा सञ्चार कार्यविधि निर्माणको माग

लेटाङमा सञ्चार कार्यविधि निर्माणको माग

लेटाङः लेटाङ नगरपालिकामा क्रियाशील सञ्चारकर्मीहरूले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सञ्चार कार्यविधि निर्माण गर्नुपर्ने माग गर्दै नगरपालिकासमक्ष सुझाव पेश गरेका छन् ।

नगरपालिकाले आगामी हिउँदे नगरसभामा पेश गर्ने गरी विभिन्न पक्षसँग सुझाव माग गरेपछि नगरमा क्रियाशील पत्रकारहरूले लिखित सुझावसहित आफ्नो धारणा प्रस्तुत गरेका हुन् । पत्रकारहरूले सञ्चार कार्यविधि नबन्दा सूचना प्रवाह, विज्ञापन वितरण र सञ्चार समन्वयमा समस्या देखिएको भन्दै स्पष्ट कार्यविधि आवश्यक रहेको बताएका छन् ।

पत्रकारहरूको टोलीले नगर प्रमुख भुपेन्द्रकुमार लावतीलाई सुझावपत्र हस्तान्तरण गरेको थियो । सुझाव ग्रहण गर्दै नगर प्रमुख लावतीले प्राप्त सुझावहरू अध्ययन समितिमार्फत गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शशि राईले सञ्चार कार्यविधि पत्रकारहरूसँगकै सरसल्लाह र सहकार्यमा निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवतीरमण निरौलाले पारदर्शी, व्यवस्थित र पत्रकारमैत्री सञ्चार कार्यविधिले स्थानीय सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments