बेलबारीः मोरङको बेलबारीमा पुस २५ गते शुरु भएको दोस्रो बेलबारी महोत्सवको चौथो दिन आज गायक कमल खत्री र बबिना किरातीले आफ्नो प्रस्तुति दिने भएका छन् ।
बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवमा गायक खत्रीले आफ्ना चर्चित हिट गीतहरू आत्मामा…, जाउँला रेलैमा…., पहिलो माया फकाउनै जान्दैन…. , सहन सक्दिनँ म…., फिक्का फिक्का… लगायतका गीत प्रस्तुत गर्ने भएका छन् ।
पूर्वेली लोक गायनमा छुट्टै पहिचान बनाएकी गायिका बबिना किरातीले पनि आज आफ्नो विशेष प्रस्तुति दिने भएकी छिन् ।
स्थानीय व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सव आगामी माघ ५ सम्पन्न हुनेछ ।







