काठमाडौंः भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
आज बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेश गर्दै उनले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी उल्लेख गर्नुपर्ने बताएका हुन् ।
२ पटक मात्रै प्रधानमन्त्री बन्ने यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली काँग्रेसले अग्रसरता लिने उनले बताएका हुन् । महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणा अन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने समेत बताएका थिए ।







