Monday, January 12, 2026
Homeअर्थजिल्ला सहकारी संघ मोरङको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ मोरङको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

विराटनगरः जिल्ला सहकारी संघ लिमिटेड मोरङको ३३ औँ वार्षिक साधारणसभा विराटनगरस्थित श्रीकृष्ण होटलमा सम्पन्न भएको छ । साधारणसभाले आगामी कार्यकालका लागि राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

संघका अध्यक्ष डा. डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल रहनुभएको थियो । विशिष्ट अतिथिका रूपमा कोशी प्रदेश अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक छत्रप्रसाद रिमाल र योगमाया सुवेदी, नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक लक्ष्मी सापकोटा, कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवं जिल्ला सहकारी संघ मोरङका सल्लाहकार हरि सुवेदी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

सो साधारणसभाले संघको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।

संघको अध्यक्षमा राकेश दाहाल चयन हुनुभएको छ । यसअघि उहाँ संघको सचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, उपाध्यक्षमा संगीता दाहाल, सचिवमा अमृतबहादुर गुरुङ, सहसचिवमा हेरम्बराज भट्टराई र कोषाध्यक्षमा ई. कमलेश्वर ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

सदस्यहरूमा विजयकुमार सरदार, लक्ष्मण बुढाथोकी, अविनाशकुमार निधि, कोपिला आचार्य रिमाल, कुमार फुयल, उदयनारायण बराल, सूर्यकुमार दाहाल, हेमराज सुवेदी, उमेश गुरुङ, हिमा मैनाली र गोविन्द निरौला चयन हुनुभएको छ ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा दुर्गाप्रसाद गौतम तथा सदस्यमा आशिषकुमार यादव र आशाकुमारी माझी थारु चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments