विराटचोकः आज सुन र चाँदी दुवैको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेका छन् । आज सुनको भाउ तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको २०५ रुपैयाँ बढेको छ । यो सँगै सुनको भाउले पुस १३ गते कायम गरेको उच्च मूल्यको रेकर्ड तोडेको हो । हिजो पनि सुनको भाउ पुस १३ गतेकै मूल्यमा पुगेको थियो । चाँदीको भाउले हिजो कायम भएको उच्च मूल्यको रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार १९५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा २१० रुपैयाँ बढेको थियो । हिजो चाँदीको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।







