Monday, January 12, 2026
Homeफिचरकोशी प्रदेशको पहिलो घुम्ती अस्पताल आयो सञ्चालनमा

कोशी प्रदेशको पहिलो घुम्ती अस्पताल आयो सञ्चालनमा

दमकः झापाको कमल गाउँपालिकाबाट कोशी प्रदेश सरकारले पहिलो पटक कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घुम्ती अस्पतालको शुभारम्भ गर्दै यो सेवालाई गाउँ–गाउँसम्म विस्तार गरिने बताउनुभयो । महामारी फैलिँदा तथा आकस्मिक स्वास्थ्य सङ्कटका बेला तत्काल सेवा पुर्याउन घुम्ती अस्पताल प्रभावकारी हुने विश्वास लिएको उहाँको भनाइ थियो ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार घुम्ती अस्पतालमा रेडियोलोजी सेवा, मुटुको एक्स–रे, तथा रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ ।

मुख्यमन्त्री कार्कीले यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको उल्लेख गर्दै यसलाई थप परिष्कृत गरी आम जनतासम्म पु¥याउने तयारी प्रदेश सरकारले गरिरहेको बताउनुभयो ।

प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले प्रदेश सरकारले जनताले देख्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

घुम्ती अस्पताल सञ्चालनका लागि करिब ८० लाख रुपैयाँ खर्च गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयले घुम्ती अस्पताल शुभारम्भकै अवसरमा कमल गाउँपालिकामा स्वास्थ्य शिविरसमेत आयोजना गरेको थियो ।

ठूलो बसभित्र अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरी घुम्ती अस्पताल सञ्चालन गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments