विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित मंगल स्मृति प्रतिष्ठान नेपालको २२ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले डिल्लीराम अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिमा डिल्लीराम अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भोलेश्वर दुलाल र रमेश खड्का चयन हुनुभएको छ । महासचिवमा मेघराज दंगाल, सचिवमा गोकुल तिम्सिना, प्रचार सचिवमा अर्जुन गजुरेल, सह–सचिवमा गोविन्दप्रसाद अधिकारी र कोषाध्यक्षमा ज्ञानप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा चन्द्रमणि पौडेल, ताराराज ढकाल, निरज ढकाल, पुष्पा तिम्सिना, द्रौपदा खनाल, यशोदा आचार्य र मन्दिरा उप्रेती रहनुभएको छ ।
साधारणसभाका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई रहनुभएको थियो । निर्वाचन समिति संयोजक रामप्रसाद गजुरेल तथा सदस्यहरू टीकाप्रसाद कट्टेल, अमृतप्रसाद आचार्य, गोबिन्दप्रसाद तिम्सिना र यमनाथ बजगाई रहेको निर्वाचन मण्डलले माघ २२ गते निर्वाचन सम्पन्न गरी नवनिर्वाचित कार्यसमितिको माघ २५ गते शपथ ग्रहण गराइएको हो ।
नवनिर्वाचित कार्यसमितिले माघे सङ्क्रान्ति मेला भव्य रूपमा आयोजना गर्ने भएको छ । मेला व्यवस्थापनका लागि प्रतिष्ठानका सह–सचिव गोविन्दप्रसाद अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।
साधारणसभामा प्रतिष्ठानका पूर्व महासचिव पूर्णप्रसाद ढकाल र उहाँकी धर्मपत्नीलाई विशेष सम्मान गरिएको थियो ।
मंगल स्मृति प्रतिष्ठानको परिसरभित्र नौधारा पवित्र स्नान स्थल, काली मन्दिरसहित अन्य मठ–मन्दिर, इन्द्रपुर जेसीज मंगल स्मृति सामुदायिक सभाहल, सचिवालय, ज्येष्ठ नागरिक भवनलगायतका संरचनाहरू रहेका छन् ।







