Monday, January 12, 2026
Homeकृषिसुन्दरहरैंचाका सहकारीकर्मी हरि बस्नेत नेपाल कृषि सहकारी संघको सञ्चालक समितिमा निर्वाचित

सुन्दरहरैंचाका सहकारीकर्मी हरि बस्नेत नेपाल कृषि सहकारी संघको सञ्चालक समितिमा निर्वाचित

विराटचोकः काठमाडौंमा भएको नेपाल कृषि सहकारी संघको पाँचौँ अधिवेशनबाट सुन्दरहरैंचाका सहकारीकर्मी हरिबहादुर बस्नेत सञ्चालक समिति सदस्य पदमा विजयी हुनुभएको छ । उहाँ सुन्दरहरैंचा–११ को साना किसान कृषि सहकारी संस्था लि. मृगौलियाको सञ्चालक समिति अध्यक्ष हुनुहुन्छ ।

सो पदमा उहाँ ३३५ मत प्राप्त गरी विजयी हुनुभएको हो । सो पदमा चिरञ्जीवी के.सी. ३७७, सुखदेव न्यौपाने ३६२ र हरिबहादुर अधिकारी ३२५ मत प्राप्त गरी विजयी हुुनुभएको छ । सो पदका अन्य प्रतिष्पर्धी सुमन नेपालले २२१ र नारायणप्रसाद खनालले २४१ मत प्राप्त गर्नुभएको थियो ।

संघको ४ वर्षे कार्याकालका लागि निर्वाचित १५ जना सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो ।

केन्द्रीय संघको सञ्जालमा अहिले १ हजार १ सय ५१ सदस्य संस्था रहेका छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी ९ लाख घरपरिवारका सदस्य किसानहरुलाइ सेवा प्रवाह गर्दै आएको छ ।

संघको अध्यक्षमा एकराज उप्रेती चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments