विराटनगरः विराटनगर जेसीजको ५२ औँ पदस्थापन समारोह सम्पन्न भएको छ । सन् २०२६ का लागि कविराज दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको वरिष्ठ कार्यकारिणी उपाध्यक्ष पदमा रञ्जनकुमार शाही निर्वाचित हुनुभएको छ । तालिम निर्देशक पदमा अभिषेक भट्टराई तथा कार्यकारिणी उपाध्यक्ष पदमा रिजन सिग्देल र अनुज दाहाल निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पदमा अमितकुमार कर्ण, अभिषेक गौतम, गुणानन्द महतो तथा बिनु वान्तवा राई निर्वाचित हुनुभएको छ ।
जनसम्पर्क अधिकारी पदमा आकृतिरानी फुयाल निर्वाचित हुनुभएको छ ।







